Call Us Today +977-9847370330

मीन

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

Today

 

आर्थिक लाभ

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

मीन राशीको लागि यो वर्ष शुभ समय रहेको छ । राहु र शनि शुभ भएकाले आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । जग्गाजमिन, सवारीसाधन इत्यादि को लाभ हुनुको साथै सर्वत्र विजय प्राप्त हुनेछ । स्वास्थ्य समस्याबाट मुक्ति पाउनको साथै यो वर्षले नयाँ जोश र उमङ्ग ल्याउनेछ । घरमा माङ्गलिक कार्य हुनेछन् । बृहस्पति बाह्रौं भएकाले मानसम्मान केही तलमाथी र अपजसहरु भने सहनपर्ने हुन सक्छ । साझेदारी कार्य भन्दा यो वर्ष एक्लै गरेको कार्यहरुले फाइदा दिनेछ । शिक्षा र सामाजिक क्षेत्र भने सामान्य रहनेछन् । प्रेम जीवन भने सुखमय नै रहेको छ । असार, कार्तिक र फाल्गुण महिना बाहेक अरु महिना शुभ फलदायी छन् ।
शुभ रङ्ग – रातो, सेतो, पहेंलो
शुभ दिन – सोमबार, विहिबार
शुभ अङ्क – ३, ९