Kathmandu, Nepal
Call Us Today +977-9847370330
एस्ट्रोविज्ञान अर्थात् ज्योतिष विज्ञान, ज्योतिष परामर्श र हिन्दु धर्म अन्तर्गत को पूजापाठ सेवालाई प्राथमिकता दिएर शास्त्र संरक्षणको लागि खोलिएको वेबसाइट हो । ज्योतिष ग्रह र ताराहरूको गति र स्थिति को गणित गरेर शुभ–अशुभ बताउने एउटा शास्त्र हो । कुनै बालकको जन्म समय र जन्म स्थानको सूर्य, चन्द्रमा आदि ग्रहहरूको गति गणना गरेर कुण्डलीमा भर्ने गरिन्छ । कुण्डलीमा राखिएका ग्रहहरुको आधारमा मानिसको स्वास्थ्य, दुःख, सुख, कर्म, भाग्य, आम्दानी, खर्च, पढाई, वैवाहिक जीवन लगायत गतिविधिहरु एक अर्कासँग फरक पर्दछ। यसरी सही रुपमा गरिएको ग्रहको गणना र शास्त्रपरक फलादेशले जीवनमा आउने परिस्थितिबाट सतर्क हुन सकिन्छ । ग्रहहरुको सकारात्मक र नकारात्मक दुवै असर हुन्छ । सकरात्मक हुदाँ सफलताको प्राप्ति हुने अथवा थोरै मिहिनेतले धेरै प्रतिफल हासिल हुने तथा नकारात्मक प्रभाव पर्दा असफलता तिर उन्मुख हुने, अत्याधिक परिश्रमबाट थोरै फल प्राप्त हुने अवस्था आँउछ । त्यसैले ग्रहको नकरात्मक प्रभाव ज्योतिषीय विज्ञानद्वारा पूर्व जानकारी भएमा ती ग्रहहरूको सकारात्मक प्रभाव परोस् भन्नका लागि पूजा आराधना, रुद्राक्ष, रत्न आदिको प्रयोग गरिन्छ। जस्तै, विद्यार्थी जीवनमा पढाईमा ध्यान नहुदाँ, भगवान शिवको गहना १२ मुखे रुद्राक्ष धारण गर्दा शरीरमा सकारात्मक उर्जा वृद्धि हुनुको साथै पढाईमा ध्यान जाने र नकारात्मक प्रभाव हट्दछ ।
एस्ट्रोविज्ञान, गहिरो अध्ययनका साथ ज्योतिष शास्त्र, वास्तुशास्त्र एवं कर्मकाण्ड सम्बन्धि सम्पूर्ण सेवाहरुको उचित परामर्श प्रदान गर्न खोलिएको हो ।