Call Us Today +977-9847370330

कुम्भ

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

कुम्भराशीको लागि यो वर्ष सामान्य रहेको छ । शाढेसाती शनिको कारण स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिनुपर्नेछ । प्रेम जीवन राम्रो भएतापनि दाजुभाई बन्धुसँग भने केहि मनमुटावहरु आउन सक्छन् । आर्थिक क्षेत्रमा शुभ हुनको साथै वैदेशिक यात्राको अवसर मिल्न सक्ने र धनलाभको योग छ । बोलीको प्रभाव बढ्नुको साथै हौसला र हिम्मतको वृद्धि हुनेछ । नोकरीमा अपजसहरु सहनुपरे पनि जिम्मेवारी बढ्नेछ । सहनशील भएर काम गर्ने र पारिवारिक सल्लाह अनुसारले अघि बढ्दा राम्रो । जग्गाजमिन सम्बन्धि कामहरु गर्दा थप सचेत रहनुहोला । खर्च यो वर्ष बढी भएपनि आम्दानीले धान्नेछ । शिक्षा क्षेत्र र सामाजिक क्षेत्र सामान्य रहनेछ । आर्थिक दृष्टिकोणले ज्येष्ठ, आश्विन र माघ महिना बाहेक अरु महिना शुभ रहनेछन् ।
शुभ रङ्ग – निलो, आकाशे
शुभ दिन – शुक्रबार , शनिबार
शुभ अङ्क – ६, ८