Call Us Today +977-9847370330

तुला

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

Today

 

प्रेमलाभ, मानसम्मान बढ्ने

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

तुलाराशीको लागि भने यो वर्ष मध्यम फलदायी रहेको छ । बृहस्पति पञ्चम स्थानमा रहेको कारणले आम्दानीको श्रोतहरु बढ्ने, अधुरा कार्यहरु पूरा हुनुका साथै शत्रुवाट विचलन नहुने देखिन्छ । धार्मिक क्षेत्र र सामाजिक क्षेत्रमा गरेको योगदानले इज्जत र मन स्थिर बनाउन सहयोग गर्छ । केतुको कारणले गर्दा भने धनलाभ भएपनि जोगाउन भने केहि मुस्किल पर्न सक्ने देखिन्छ । बोलीमा भने यो वर्ष विशेष ध्यान दिनुहोला , बन्न लागेको कामहरु पनि बोलीको कारणले स्थगित हुन सक्छ । शैक्षिक र व्यवसायिक क्षेत्र शुभ नै रहनेछन् । पार्टनरशिप व्यवसाय गर्दा कागज गरेर गर्नुहोला । प्रेम जीवन र पारिवारिक जीवन सुमधुर हुँदै जाने र सहयोग पाउन सक्ने देखिन्छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले राम्रो फल मिल्नेछ । स्वास्थ्यमा टाउको र पेट सम्बन्धि विशेष ख्याल गर्नुहोला । केतुको कारणले झुटा आरोप लाग्न सक्नेहुँदा सहनशिल भएर अगाडि बढ्दा राम्रो ।
ज्येष्ठ, आश्विन र माघ महिनामा भने आर्थिक कारोबार नगर्दा राम्रो ।
शुभ रङ्ग – सेतो, बुट्टे, छिरविरे
शुभ दिन – बुधवार, शुक्रबार
शुभ अङ्क – ६ , ८