Call Us Today +977-9847370330

धनु

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

धनुराशीको यो वर्ष मध्यम फलदायी रहेको छ । शाढेसाती शनिको प्रभावले गर्दा कामहरु बन्न लागेको रोकिन सक्छन्, बोलीको कारण वादविवादहरु नआउला भन्न सकिन्न । धन लाभ भएता संघर्ष बढी गर्न पर्ने देखिन्छ । सामाजिक कार्यले मानसम्मान भने अवश्य दिलाउँछ । राहुको शुभ फलको कारण शत्रुसँग झुक्नुपर्दैन । शिक्षा क्षेत्रमा पनि सामान्य रहेको छ, मिहिनेत बढी गर्नपर्नेछ । जग्गाजमिन, शेयर मार्केट र सवारीसाधन सम्बन्धि व्यवसाय सामान्य हुनेछ । आफूले गरेको दान, धर्म पूजा पाठले हौसला बढ्नुको साथै अड्किएका कामहरु पूरा हुनेछन् । प्रेम जीवन, पारिवारिक जीवन भने सफल नै रहनेछ । सामाजिक कार्यमा बढी रुचि हुनुको साथै साथीभाई ईष्टमित्रबाट कामहरुको लागि अवसर प्राप्त हुनेछ । श्रावण, मंसिर र चैत्र महिनामा आर्थिक कारोबार र नयाँ कार्य नगर्नुहोला ।
शुभ रङ्ग – रातो, सेतो, पहेंलो
शुभ दिन – सोमबार, विहिबार
शुभ अङ्क – ३, ९