Call Us Today +977-9847370330

मकर

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

Today

 

साथीभाई भेटघाट, सम्मान

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

मकरराशीको लागि यो वर्ष शुभ फलदायी नै रहेको छ । आम्दानीको स्थानमा बृहस्पति भएको हँुदा आर्थिक दृष्टिकोणले शुभ रहनेछ भने बोलीको प्रभाव बढ्नाले व्यवसाय फस्टाउन सक्छ । दाजुभाइ, इष्टमित्र बन्धु र पारिवारिक समस्याहरु हल हुनेछ । शाढेसाती शनि र राहुको कारण कार्यहरु ढिलो हुने र झनझट भने सहनु पर्ने हुन्छ । शनि र राहुको पूजा पाठ र सामाजिक कार्यमा अरुलाई सहयोग गर्दा ग्रहको प्रभाव कम हुने देखिन्छ । धार्मिक क्षेत्र र माङ्गलिक कार्यमा बढी समय बित्नेछ । वैदेशिक यात्राको अवसर मिल्नुका साथै मानसम्मान प्राप्त गर्न सकिनेछ । प्रेम जीवन सामान्य रहनेछ भने आफूले दिएको सानो उपहारले मन प्रसन्न बनाउन सकिनेछ । वैशाख, भदौ र पुष महिनामा भने केहि स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ ।
शुभ रङ्ग – निलो, आकाशे
शुभ दिन – शुक्रबार , शनिबार
शुभ अङ्क – ६, ८