Call Us Today +977 9864240961

मेष

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

Yearly

 

बैशाख ०१, २०८१ - चैत ३०, २०८१

शुभफलदायी वर्ष रहेको छ । बृहस्पति, शनि र केतु शुभ रहनाले सुख संग जीवनयापन गर्न सकिने छ । आम्दानी बढ्ने, आम्दानीका नयाँ अवसर प्राप्त हुने र नयाँ कामको सुरुवात हुनेछ । राहु अशुभ रहनाले अनावश्यक खर्च बढ्ने र मुद्दामामिला आदि झमेलामा फस्नुपर्नेछ । जेठमा हानि नोक्सानी बढ्ने, असारमा धन प्राप्त र सुख हुने, श्रावणमा स्वास्थयमा बाधा, भदौमा आर्थिक संकट, आश्विनमा शत्रुमाथि विजय, कार्तिक धन नाश, मंसिरमा स्वास्थय सम्बन्धि समस्या, पुषमा पापकर्ममा मन बढ्ने, माघमा काम बन्नुका साथै धन लाभ हुने, फाल्गुणमा अप्रत्याशित धनलाभ हुने र चैत्रमा साथीभाइसंग लेनदेनमा विशेष ध्यान पुर्याउनुहोला ।