Call Us Today +977-9847370330

कर्कट

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

कर्कटराशीको लागि यो वर्ष मध्यम फलदायी नै देखिन्छ । राहुको साथले आर्थिक प्रगति हुने, प्रेम जीवन राम्रो हुनुको साथै रोजगारको अवसर मिल्ने देखिन्छ । मनमा अशान्ति भएपनि कामहरु पूरा हुने, आफू क्षमाशिल भएर अगाडि बढ्दा कामहरु छिटो सकिनेछ । बृहस्पति र शनिको कारणले गर्दा भने आर्थिकमा केहि सचेत भएर अगाडि बढ्नुहोला, अरुले विश्वास दिलाएर धोका दिनसक्छन् । स्वास्थ्यमा पेट र आँखा सम्बन्धि समस्याले दुःख दिन सक्छ । शिक्षा क्षेत्रमा पनि केतुले गर्दा मिहिनेत बढी गर्नुपर्ने हुन्छ । बृहस्पति र शनिको प्रभाव कम गर्न विहिवार र शनिबार असहायलाई भोजन गराउँदा राम्रो । काम र सामाजिक क्षेत्रबाट भने मानसम्मान मिल्ने देखिन्छ । असार, कार्तिक र फाल्गुण महिना भने सामान्य रहनेछन् र यो महिनामा नयाँ कामहरु सुरु नगर्दा राम्रो ।
शुभ रङ्ग – सेतो, पहेंलो
शुभ दिन – सोमबार, विहिबार
शुभ अङ्क – २, ३