Call Us Today +977-9847370330

कन्या

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

Today

 

खर्च बढ्ने, चिसोबाट सचेत हुनुहोला

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

कन्याराशीको यो वर्ष मध्यम समय रहेको छ । केतुको शुभ फलको कारणले गर्दा भने जोश, जाँगर, हिम्मत हुने । आर्थिक प्रगति हुनुको साथै घरमा माङ्गलिक कार्यको योग छ । नोकरी र सामाजिक क्षेत्रमा मानसम्मान मिल्ने देखिन्छ । राहुले गर्दा भने आफूले पाउनु पर्ने कुरामा पनि बढी संघर्ष गर्नु पर्ने देखिन्छ । मानसिक चिन्ता, रोगले भने बृहस्पति र शनिको कारणले केहि संघर्ष गर्नुपर्नेछ । सवारीसाधन कुदाँउदा विशेष ध्यान दिनुहोला । शैक्षिक क्षेत्र र सामाजिक क्षेत्र भने राम्रै देखिन्छ । व्यवसायहरु फस्टाउँदै जानेछनु भने आफ्नो साथीभाईहरुलाई आफ्नो काम पूरा भएपछि मात्रै सुनाउँदा राम्रो । स्वास्थ्यमा भने छाती र चिसो सम्वन्धि समस्याले दुःख दिन सक्छन् । पारिवारिक शान्ति हुनेछ भने प्रेम जीवनलाई राम्रो बनाउन आफै बढी ध्यान दिनुपर्नेछ । वैशाख, भदौ र पुष महिनामा आर्थिक कारोवार र माङ्गलिक कार्य नगर्दा राम्रो ।
शुभ रङ्ग – हरियो, निलो
शुभ दिन – बुधवार, शुक्रबार
शुभ अङ्क – ५, ६