Call Us Today +977-9847370330

वृश्चिक

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

Today

 

द्रव्यलाभ, मानसम्मान बढ्ने

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

वृश्चिकराशीको लागि यो वर्ष मध्यम फलदायी नै छ । यो वर्ष शनिले गर्दा जोश जाँगर बढ्नुको साथै जग्गा जमिन, सवारी साधना जोड्न सक्ने देखिन्छ । बोलीको प्रभावले अधुरा कामहरु बन्नुको साथै सन्तान सुख प्राप्त गर्ने योग छ । लग्नको केतुको कारणले गर्दा सानो सानो कामहरुलाई धेरै संघर्ष गर्नुपर्ने हुन्छ । बृहस्पतिको कारणले गर्दा रोग व्याध, दुःखकष्ट र भयत्रास हुने अवश्था आउने भएकोले विहिवार शाकाहारी भोजन गर्न र बृहस्पतिको पूजापाठ गर्दा ग्रहको प्रभाव केहि कम हुन सक्ने देखिन्छ । शैक्षिक क्षेत्रमा प्रगति हुने र सामाजिक क्षेत्रमा गरेको कामहरुले मानसम्मान प्राप्त गर्न सकिन्छ । साझेदारी काम र दाम्पत्य जीवनमा भने राहुको कारणले गर्दा समस्याहरु आउन सक्छन् । असार, कार्तिक र फाल्गुण महिनामा भने आर्थिक र नयाँ कामहरु नगर्दा शुभ ।
शुभ रङ्ग – रातो, सेतो, पहेंलो
शुभ दिन – मङ्गलबार, विहिबार
शुभ अङ्क – ३, ९