बैशाख ०१, २०८१ - चैत ३०, २०८१
मिथुन राशि हुनेहरुको लागि २०८१ साल समान्य रहने छ । राहुका प्रभाव ले सुख बृद्दी र शत्रु माथी विजय प्राप्त हुनेछ । डर र त्रास ले सताउन सक्छ । बृहस्पती , शनी र केतु को जप शान्ति गर्ना ले लाभ मिल्ने छ । धन नास को स्थिती आउन सक्छ साथै स्वास्थ्य क्षेत्र मा धन खर्च हुनेछ । नविन कार्य को थालनी हुन सक्छ । बैदेशिक क्षेत्र बाट लाभ मिल्ने छ । पठन पाठन मा समान्य सफलता रहला । पशु चौपया तथा खेती किसानि बाट राम्रो हुने देखिन्छ । वैशाख, भदौ, मङ्सिर र चैत महिना आर्थिक दृष्टिले शुभ रहेका छन् । हरियो रंग अनि बिष्णु भगवान, माता दुर्गा को पुजा गर्नाले बिशेष लाभ हुने छ ।