Call Us Today +977-9847370330

वृष

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

Today

 

अनावश्यक खर्च

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

वृषराशीको लागि यो वर्ष सामान्य समय रहेको छ । शनिले यो वर्ष राजयोग बनाएको कारण सवारीसाधन , जग्गाजमिन प्राप्त गर्न सकिनेछ । बृहस्पति दशम भावमा हुँदा कामहरुको लागि अवसरहरु पाउन सकिन्छ तर शनिको घरमा शत्रुकारक बृहस्पति भएको कारणले गर्दा आर्थिक दृष्टिकोणमा केहि सम्झौता गर्नुपर्ने हुनसक्छ । पार्टनरसिपको लागि अवसरहरु मिल्ने, वैदेशिक क्षेत्रबाट पनि लाभ मिल्ने देखिन्छ । शिक्षामा जाँगर चल्नुका साथै मनोरञ्जनात्मक क्षेत्रबाट पनि सफलता पाउन सकिनेछ । लग्नमा भएको राहुले गर्दा सानो सानो काम सक्न पनि केहि संघर्ष हुने र टाउको र दाँत सम्बन्धि समस्याहरुले बढी असर गर्न सक्छ । शनिवारको दिनमा दान, पूजा पाठ र भोजन गराउँदा ग्रहको प्रभाव कम हुने देखिन्छ । पारिवारिक र प्रेम जीवनमा विशेष ध्यान पुर्याउनु होला, क्षमाशिल भएर अगाढि बढ्दा राम्रो । परिवारमा सबैको सल्लाह लिएर अगाडि बढ्दा राम्रो । वैशाख, भदौ र पुष महिनामा ठूलो कामहरु र आर्थिक कारोवार नगर्दा राम्रो ।
शुभ रङ्ग – सेतो, रङ्गीचङ्गी बुट्टे, हरियो
शुभ दिन – बुधबार, शुक्रबार, शनिबार
शुभ अङ्क – ५, ६, ८