Call Us Today +977-9847370330

सिंह

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

Yearly

 

बैशाख ०१, २०७८ - चैत ३०, २०७८

सिंहराशीको लागि यो वर्ष शुभ नै देखिन्छ । सप्तम बृहस्पति र शनिको शुभ फलले गर्दा शत्रु बढेपनि विजय र सुखशान्ति मिल्नेछ । प्रेम जीवन र नोकरीमा केहि अपजस सहन परेपनि सफलता मिल्ने देखिन्छ । राहु र केतुको कारणले गर्दा भने घरभन्दा टाढाको कामहरु पाउन सक्नुहुनेछ । माता पिताको स्वास्थ्यमा केहि खराबी आउन सक्छ । शैक्षिक क्षेत्रमा सफल हुने, अधुरा कामहरु बन्ने, प्रेम प्रस्तावको लागि पनि तयार रहनुहोला । जग्गाजमिन, सवारीसाधनहरु जोड्न सक्नुको साथै धार्मिक क्षेत्रमा बढी यात्राको अवसर पाउन सक्ने देखिन्छ । पार्टनरशिप भन्दा पनि यो वर्ष एक्लै गरेको कार्यहरु सफल हुनेछन् । स्वास्थ्यमा भने खुट्टा र घुँडा सम्बन्धि समस्याले बढी सताउन सक्छन् । राहुकेतुको पूजा र दानधर्मले अड्किएका कामहरु छिटो बन्ने हुन्छ । श्रावण, मंसिर र चैत्र महिनामा भने स्वास्थ्य र आर्थिक क्षेत्रमा विशेष ध्यान दिनुपर्नेछ ।
शुभ रङ्ग – रातो, गुलाफी
शुभ दिन – आइतबार, सोमबार, विहिबार
शुभ अङ्क – १, ५