Call Us Today +447450274504

विद्यार्थीले कति मुखी रुद्राक्ष लगाउँदा राम्रो ?

blog_img

विद्यार्थीले कति मुखी रुद्राक्ष लगाउँदा राम्रो ?

 

विद्यार्थी जीवनमा मान्छेको मन एकाग्र हुन कठिन हुन्छ । साथीभाई, मोबाइल फोन, इन्टरनेट आदिले हाम्रो दिमागमा डोपामाइन हर्मोन रिलिज गर्छ जसले गर्दा तपाईंलाई त्यो चीजहरुमा बढी रुचि हुन्छ । तपाईले फोन चलाउँदा समय वितेको थाहा हुँदैन तर पढ्दा भने धेरैलाई छिटो निन्द्रा लाग्ने गर्छ । तर त्यो डोपामाइन हर्मोन पढ्दा भने रिलिज गर्न गाह्रो छ । किनकी विद्यार्थी जीवनमा पढाईको इच्छा कम हुन्छ ।  जबसम्म तपाईंलाई इच्छा हुँदैन तबसम्म त्यस विषयको गहिराइ सम्म पुग्न सक्नुहुन्न र त्यो कुरा तपाईँलाई अल्छी लाग्छ । दिमाग एकाग्र गराउन नसकिने होइन तर मान्छेको दिमाग छिटो विचलित हुन्छ । 

शिवजीको गहना, "रुद्राक्ष" नेपाल र इण्डोनेसियाको प्रामाणिक र शक्तिशाली मानिन्छ । त्यसमा पनि नेपालको बढी शक्तिशाली यहाँको हावापानी र हिन्दु धर्म संस्कृतिले गर्दा पनि बढी सकरात्मक उर्जा भएको पाइन्छ । ४ मुखी, ६ मुखी र गणेश मुखी रुद्राक्षले डोपाइन रिलिजमा नकरात्मक कुरामा न्यूनता गर्नुको पढाईमा दिमागलाई एकाग्र गर्न मद्दत गर्छ र आलस्यता, लापरवाहीलाई पनि न्यून गर्छ । 

Ganesh Rudraksha, 4 mukhi and 6 mukhi Rudraksha are available in our website.

Click here to buy: https://astrobigyan.com/astroshop/product/92

४ मुखी
यो ब्रह्माको दिव्यतासंग सम्बन्धको लागी परिचित छ । भगवान ब्रह्मा चार शिर भएको भगवान हुन जो आविष्कार को लागी परिचित हुनुहुन्छ । त्यसैले यो विद्यार्थीहरुमा रचनात्मक दृष्टिकोण लिन मद्दत गर्दछ । संवेदनशीलता र आधारभूत तर्कको वृद्धि गर्न यो रुद्राक्षले विशेष सहयोग गर्छ । 

६ मुखी
६ मुखे रुद्राक्ष भगवान शिव कार्तिकेयको बुद्धिमानीसँग सम्बन्धको लागि परिचित छ । यो रुद्राक्षले शुक्रको नकरात्मक प्रभावलाई पनि कम गर्छ । कुनै पनि समस्याको समाधान गर्नको लागि बुद्धिको सहि उपयोग गर्न मद्दत गर्छ । 

गणेश रुद्राक्ष
गणेश रुद्राक्षले जीवनमा पूर्णता ल्याउन काम गर्छ । गणेशजी जस्तै सबै क्षेत्रमा जानकार बनाउन र इच्छाशक्ति बढाउनलाई काम गर्छ ।

“सरस्वती बन्धन ”
६ देखि १६ वर्षको उमेरका विद्यार्थीको लागि भने “सरस्वती बन्धन” जुन दुई ४ मुखी रुद्राक्ष र एक ६ मुखी रुद्राक्षको संयोजन गरेर लगाउँदा बढी फलदायी हुन्छ । यो एकाग्रता र पढाईमा स्थिरता सुधारको लागि सबैभन्दा राम्रो संयोजन हो । यसले डोपामाइन नकरात्मक कुरामा धेरै कम गरेर पढाईमा विशेष ध्यान दिन उजागर गर्छ र आत्मविश्वास बढाउँछ । 

जो विद्यार्थीहरुमा डर हुने, चिन्तित हुने र सोचविचारहरु बढी मात्रामा आउने हुँदा ५ मुखी रुद्राक्ष पनि धारण गर्न सकिन्छ ।

वास्तु अनुसार पूर्व उत्तर फर्किएर ईशान कोणको कोठामा बसेर पढ्दा स्मरण धेरै रहन्छ ।

रुद्राक्ष धारण गर्नु अगाडि २४ घण्टा शुद्ध घिऊ र २४ घण्टा शुद्ध दूधमा डुबाएर राखेर धारण गर्दा शुद्ध मानिन्छ । रुद्राक्ष धारण गर्दा शुभ दिन शुभ मुहूर्ता जुराएर लगाउनुहोला ।