Call Us Today +447450274504

जन्मबार फल (श्लोक सहित नेपालीमा)

blog_img

जन्मबार फल (श्लोक सहित नेपालीमा)

 

आइतबार
शूरोऽल्पकेशो विजयी रणाग्रे श्यामारूणःपित्तचयप्रकोपः ।
दाता महोत्साहुयुतो महोजा दिने दिनेशस्य भवेन्मनुष्यः ।।१।।

आइतबारका व्यक्ति बढी तेजस्वी, थोरै कपाल भएको, पित्तप्रकृति भएको, उत्साही, दानी, हरेक कार्यमा साहसी, शूरो हुने, चारित्रिक शुद्घता भएको, उच्च पद प्र्राप्त गर्ने, यश पाउने, नानाप्रकारका सम्मान र पुरस्कार पाउने हुन्छन् ।

सोमबार 
प्राज्ञः प्रशान्तः प्रियवाग्विधिज्ञः शश्वन्नरेन्द्राश्रयवृत्तिवर्ती ।
सुखे च दुःखे च समस्वभावो वारे नरः शीतकरस्य जातः ।।२।।

सोमबारका व्यक्ति गोरो वर्ण, शान्तस्वभाव, साथीहरुको प्रिय, छोटो कद, चतुर, कामुक, विद्धान्, विदेश यात्रा बढी गर्ने, सुखदुःखमा समान दृष्टि राख्ने, यशस्वी र सुखमय जीवन व्यतीत गर्ने हुन्छ ।

मंगलबार
वक्रोक्तिरत्यन्तरणप्रियः स्यान्नरेन्द्रमन्त्री च धरोपजीवि ।
सत्त्वान्वितस्तीव्रतरस्वभावो दिने भवेन्नावनिनन्दनस्य ।।३।।

यो बारमा जन्मने व्यक्ति साहसी, रुखो बोल्ने, सत्वगुणी, तीक्ष्णस्वभाव, युद्धप्रिय, भूमिबाट जीविका गर्ने, कर्मठ, लगनशील मनमा लिएको अभिलाषा पूरा गर्ने, शत्रु पराजित गर्ने, सच्चरित्रवाला हुन्छ । 

बुधबार
सद्रूपशाली मृदुवाग्विलासः श्रीमान्कलाकौशलतासमेतः ।
वणिक्क्रियायां हि भवेदभिज्ञः प्राज्ञो गुणज्ञो ज्ञदिनोभ्दवो यः ।।४।।

यो बारमा जन्मेको व्यक्ति चञ्चल स्वभाव, प्रभावशाली, कलाकौशलमा निपूर्ण, मीठो बोली, धनवान्, गुणज्ञ, कामुक, विद्धान्, लेख्नमा रुचि राख्ने, साहित्यप्रेमी स्वार्थ साधन गर्ने प्रयत्न गर्ने विपरीत लिंगीमा प्रभाव राख्ने हुन्छ ।

विहिबार
विद्धान् धनी सर्वगुणेपयन्नो मनोरमः क्ष्मापतिलब्धकामः ।
आचार्यवर्यश्च जनः प्रियः स्याद् वारे गुरोर्यस्य नरस्य जन्म ।।५।।

यो बारमा जन्मेको व्यक्ति गोरो वा गहुँगोरो हुने, विद्धान्, सुन्दर, इच्छा सिद्धि गर्ने, धनी, सर्वगुणले सम्पन्न, गुरूजनको प्रिय, लोकमान्य, छोटो गर्दन, काममा चतुरताका साथ सम्पन्न गर्ने, कामुक, विद्धान् सबैको प्रिय पात्र, विदेश यात्रा बढी गर्ने वा रुचि राख्ने, साधन स्रोत नभएपनि धैर्यतामा विश्वास गर्ने हुन्छन् ।

शुक्रबार
सुनीलसत्कुञ्चितकेशपाशः प्रसन्नवेषे मतिमान् विशेषात् ।
शुक्लाम्बरप्रीतिधरो नरः स्यात्स्सन्मार्गगो भार्गववारजन्मा ।।६।।

यसबारमा जन्मेको व्यक्ति कालो कपाल भएको र घुम्रीएको, प्रसन्नमुख, अतिबुद्धिमान्, सेतो वस्त्र मनपराउने र फाप्ने, सत्मार्गी, कलाप्रेमी, यशस्वी, समाजबाट सम्मान प्राप्त गर्ने हुन्छ ।


शनिबार
अकालसम्प्राप्तजराप्रवृत्तिर्बलोम्झितो दुर्बलदेहयष्टिः।
तमोगुणी क्रौर्यचयाभिभूतः शनेर्दिने जातजनुर्मनुष्यः ।।७।।

यसबारमा जन्मेको व्यक्ति तेजस्वी, साहसी, जवानीमा नै शिथिलता भएको अनुभव गर्ने, सच्चरित्रवान्, उच्च पद प्राप्त गर्ने, क्रोधी, कामुक खरो स्वभाव र युद्धप्रिय हुन्छन् ।