Call Us Today +447450274504

कसलाई फाप्छ शेयर मार्केटको लगानी?

blog_img

कसलाई फाप्छ शेयर मार्केटको लगानी?

 

शेयर बजारका लागि बुध ग्रह वलबान हुनुपर्छ । बुधलाई ज्योतिष शास्त्रमा शेयर बजार, व्यापार, व्यवस्थापन, वकालत, आदि हेर्ने गर्छौ । जो मान्छेको बुध बलियो छ, उनीहरु हरेक काम गर्दा होस् वा कहि घुम्न जाँदा सुरुमा योजना बनाउने गर्छन् र व्यवस्थापन पनि राम्रो गर्छन । त्यसैले उचित व्यवस्थापन गर्न सक्ने, कहिले किन्ने कहिले बेच्ने शेयर मार्केटमा जरुरी कुरा भएकाले बुध राम्रो भएको मान्छेले सफलता हात पार्छन् । बुध ग्रह राम्रो बनाउन बुधवार सादा भोजन गर्ने र बुधको स्वामी लक्ष्मीनारायणको पूजा गर्ने । 

बुध ग्रह अस्त भएको बेलामा शेयर कारोबारमा गिरावट पनि आएको पाइन्छ ।

शुभ वार
मेष – मंगलवार, बिहिवार, सोमवार
वृष – शुक्रवार, बुधवार, शनिवार
मिथुन – बुधवार, शुक्रवार, शनिवार
कर्कट – सोमवार, बिहिवार, आइतवार
सिंह – आइतवार, बिहिवार, सोमवार
कन्या – बुधवार, शुक्रवार, शनिवार
तुला – शुक्रवार, बुधवार, शनिवार
वृश्चिक – मंगलवार, बिहिवार, सोमवार
धनु – बिहिवार, आइतवार, मंगलवार
मकर – शनिवार, शुक्रवार, बुधवार
कुम्भ – शनिवार, शुक्रवार, बुधवार
मीन – बिहिवार, आइतवार, मंगलवार