Call Us Today +447450274504

वास्तुः के तपाईंको पूजा कोठा सही स्थानमा छ?

blog_img

वास्तुः के तपाईंको पूजा कोठा सही स्थानमा छ?

 

पूजा कोठा, घरको सकरात्मक उर्जाको केन्द्रविन्दु हो । त्यसैले पूजा कोठाको वास्तु घर बनाउँदा विशेष ध्यान दिनुपर्छ । पूजा कोठा प्रायः अन्य अवरोधहरू र ठाँउको अभावका कारण बेवास्ता गरिन्छ, तर पूजा कोठा वा घरमा मन्दिर राख्नु र सही ठाँउमा राख्नु नकारात्मक कम्पनहरू कम गर्न एक निश्चित तरिका हो । 

वास्तु अनुसार पूजा कोठा ईशान कोण (पूर्व–उत्तर दिशा) मा हुनुपर्छ । पूर्व र उत्तर भागमा ईश्वरको वास हुन्छ र सकरात्मक उर्जा आउने भनेको पनि यही दिशाबाट हो । विकल्पमा पूर्व र उत्तर पनि राम्रो मानिन्छ । पश्चिम खासै शुभ मानिदैन । दक्षिण अशुभ मानिन्छ । दक्षिण दिशा भनेको पितृ कार्य, श्राद्धहरुलाई मात्र लिइन्छ ।  यदि तपाईंको पूर्व–उत्तरमा झ्याल छन् भने खुल्ला राख्दा राम्रो मानिन्छ । पूजा गर्दा हामी भगवान् तर्फ वा पूर्व–उत्तर फर्केर गर्नुपर्छ ।  
याद गर्नुहोस् कि तपाईंको खुट्टा मन्दिरतर्फ नहोस् जब तपाईं सुतिरहेको हुनुहुन्छ । पूजा कोठालाई भर्याङ्ग (सोपान) मुनि वा बाथरूमको भित्तासँगै नराख्नुहोस्, यो अशुभ मानिन्छ । 

पूजा कोठा ठाँउमा नहुँदा मानिसहरुमा काम गर्नलाई सकरात्मक उर्जाको कमी, आलस्यता बढी हुने, हरेक कामबाट पन्छिन खोज्ने र भोलि गर्छु भन्ने प्रवृति पाइएको छ । स्वास्थ्यमा पनि पूर्ण रुपमा स्वस्थ्य नपाइएको र पारिवारिक कलह बेशी पाइएको छ ।  

 पूजा कोठामा तामा, पित्तल र चाँदीको भाँडाहरू प्रयोग गर्नु शुभ मानिन्छ ।