Call Us Today +447450274504

वास्तुः ऐनाको दिशाले धन र स्वास्थ्यमा पर्ने प्रभाव !

blog_img

वास्तुः ऐनाको दिशाले धन र स्वास्थ्यमा पर्ने प्रभाव !

 

ऐना एउटा सानो कुरा हो तर यसले घरको शान्ति र धन लाभमा विशेष भूमिका खेल्छ । 

वास्तु अनुसार घरमा ऐना पूर्व र उत्तरपट्टि राख्नुपर्छ । आफूले ऐना हेर्दा सधैं पूर्व र उत्तर फर्केर हेर्नपर्छ । पूर्व र उत्तरबाट सकरात्मक उर्जा आउने हुँदा, पश्चिम र दक्षिण दिशामा ऐना राख्दा त्यो उर्जा ऐनाले फर्र्काउने गर्छ । त्यस्तै, दक्षिण र पश्चिमबाट नकरात्मक उर्जा आउँछ, जुन पूर्व र उत्तरतिर राखेको ऐनाले फर्काउने गर्छ । सकरात्मक उर्जा घरमा हुँदा जोश जाँगर हुने, घरमा आनन्द महसुस हुने, कामहरु बाधाहरु बिना पूर्ण हुने, पारिवारिक कलह घट्ने र आम्दानी राम्रो हुन्छ । 

अनुसन्धान गर्दा घरको पश्चिम र दक्षिणमा ऐना राख्दा धेरै जसो मान्छेको आम्दानी भन्दा खर्च बढी हुने, हुन लागेको कामहरु रोकिने र स्वास्थयमा सामान्य समस्याहरुले सताइराख्ने पाइएको छ । 


ऐना आफू सुत्ने कोठाको खाट सँगै पनि राख्नुहुँदैन । यसले निन्द्रा बिगार्नुको साथै नराम्रो सपनाहरु देखिने गर्छ । त्यसतै, घर भित्र प्रवेश गर्दा सुरुमा ऐना देख्नु नराम्रो हो, किनकी त्यसले घरभित्र छिर्ने सकरात्मक उर्जा पनि रोक्छ । घरमा गोलो ऐना राख्नु पनि वास्तु अनुसार राम्रो मानिँदैन ।