Call Us Today +447450274504

प्रेम, पेशा, आर्थिक र पढाईलाई वृद्धि गर्न कुन रङ्ग प्रयोग गर्दा फाइदा ? फागु पूर्णिमा

blog_img

प्रेम, पेशा, आर्थिक र पढाईलाई वृद्धि गर्न कुन रङ्ग प्रयोग गर्दा फाइदा ? फागु पूर्णिमा

 

प्रेम र  सद्भावको  पर्वका रुपमा  हामीले रंगहरुसँग  खेलेर  फागुपूर्णिमा  मनाउँदै आएका  छौँ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र  विजयको  सन्देश लिई आउने फागु पर्व हरेक वर्षको  फागुन शुक्ल पूर्णिमाको  दिन मनाउँने चलन छ । 

होली पर्व खासगरी  हिन्दु नेपाली तथा भारतीयहरूले  मनाउँने प्रमुख चाड हो । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख  छ  ।

हामीले  हाली पर्वलाई  धेरै  पहिलेबाट नै रंग, लोला, पिचकारीको प्रयोग गरि मनाउँदै आएका  छौँ। यसको विशेष  महत्व भने  थरिथरिका रंगसँग नै जोडिन्छ र यी रंगहरु पनि हाम्रो भावनासँग नै जोडिन्छ । कसैलाई  कुनरंग मन पर्छ  त कसैलाई  कुन मनपर्छ यसबाट  नै  हामीहरुलाई  ग्रहले  पारेको  प्रभाव देख्न सक्छौँ । हामीभित्र भएको  केही नकारात्मक कुराहरुहरुलाई  ग्रहहरुले हामीलाई पारेको नराम्रो असरलाई यसपालीको  होलीमा रंगहरु प्रयोगसँगै   हटाउँन पनि सकिन्छ ।

रातो रंग

रातो रंगको  प्रयोग गरेर तपाईले अरुलाई आफूतर्फ आकर्षण  गर्ने  शक्ति बढाउँन सक्नुहुन्छ । रोगसँग लड्ने क्षमताको वृद्धि गर्नलाई, निरन्तर काम गर्ने क्षमतामा वृद्धि  गर्ने, समबन्धलाई  मजबुत बनाउँन र सकरात्मक उर्जाको पनि रातो रंगको सहयोग गर्नेछ।

पहेंलो रंग

ज्ञानलाई वृद्धि  गर्नका लागि, परिवारिक  सम्बन्धलाई  मजबुद गर्नका  लागि, आफूभित्रको डरलाई हटाउँनका  लागि  पहेंलो रंगको  प्रयोग गर्न सकिन्छ ।

गुलाबी रंग

तपाई आफ्नो सृजनात्मक  क्षमता,  कला र प्रेमसम्बन्ध  मजबुद  गर्न  चाहनुहुन्छ  भने  गुलाबि रंगको प्रयोग गर्दा  अझ  राम्रो हुनेछ ।

निलो रंग

काममा  केही  डिला भएको छ ।  कानुनी  झमेला  आएको  छ , विदेश जाने  काम रोकिएको  छ  भने तपाईले निलो रंगले होली खेल्नु राम्रो  मानिन्छ ।

हरियो रंग

तपाई   आफ्नो  स्मरणशक्तिको  विकास  गर्न चाहनुहुन्छ , बोल्ने  क्षमतालाई बढाउँन    चाहनुहुन्छ, काममा र आर्थिक  व्यवहारमा भएको  समस्या  हटाउँन चाहनुहुन्छ  भने   हरियो रंगको  प्रयोगगर्दा  राम्रो  मानिन्छ ।

सुन्तला रंग

यदि  तपाईको  काममा  समस्या  आएको  छ,  आत्मशक्ति  कमजोर भएको छ, पीतासँगको  सम्बन्ध विग्रिएको छ, अनावश्यक  समस्याले  एकदम तनावमा  हुनुहुन्छ भने  तपाईले सुन्तला रंगको प्रयोग गर्दा राम्रो   हुनेछ। यस रंगको  प्रयोगले  यश कृती बढ्ने  सामाजिक क्षेत्रमा  पनि   राम्रो हुनेछ ।

सेतो रंग

तपाईले  पहेंलो रंगमा  चामलको  पिठोलाई  मिसाएर होली   खेल्दा  पनि राम्रो  हुनेछ ।  यसले तपाई  मनलाई  एकाग्र बनाउँने, मानसिक  अशान्ती हटाउँने,  आमासँगको सम्बन्धलाई  अझ  राम्रो  बनाउँन सहयोग  गर्ने छ ।

यसपालिको  होलीमा  प्रयोग गर्ने रंगहरुले  तपाई जीवनमा भएको  समस्यालाई  हटाउँन पक्कै सहयोग  गर्नेछ । होलीको सबैमा  हार्दिक  मंगलमय शुभकामना ।

 

ज्यो अमृता पोखरेल