Call Us Today +447450274504

मोहिनी एकादशीको महत्त्व

blog_img

मोहिनी एकादशीको महत्त्व

 

एकादशी अर्थात् एघारौं तिथि । एक महिनामा दुई पक्षः कृष्ण र शुक्ल पक्ष हुन्छन् । दुई पक्षको एघारौं दिन वा तिथिलाई एकादशी भनिन्छ । 

मोहिनी एकादशीको दिन भगवान विष्णुको मोहिनी स्वरुपको पूजा गर्ने गरिन्छ । भगवान विष्णुले भष्मासुरलाई मार्नको लागि पनि यो मोहिनीको रुप लिएको भनाई छ । मोहिनी सुन्दर नारी भएकाले राक्षसहरुलाई मोहित बनाएर मायाजालमा पारेर उनीहरुको वध् गर्दथिन् । त्यसतै, मायावी संसारबाट मोक्ष पाउन र यो मोहिनी एकादशीमा व्रत राख्दा व्रतधारीको सम्पूर्ण पाप नाश भएर जाने र मायाजालबाट निस्केर मोक्षको बाटोमा अगाडि बढ्ने भनाई छ ।

 

अर्जुन पौडेल