आइतबार
यसबारमा राज्यभिषेक, गीत, वाद्य, राजसेवा, गाईगोरु किनबेच, हवन गर्ने, मन्त्रोपदेश गर्ने, औषधी निर्माण गर्ने, शस्त्र, सुवर्ण, ताम्र, उनी वस्त्रादि किनबेच र रातो वस्तुहरुको किनबेच गर्न शुभदायक मानिन्छ । सरकारी कामहरु गर्नको लागि यो बार केहि सहज हुने पाइन्छ ।
सोमबार
यसबारमा यज्ञ गर्न र गराउन शुभ मानिन्छ साथै गाई, भैंसी, घोडा, फूल, घाँस, वृक्ष, मोती, चाँदी आदिको किनबेच गर्न शुभदायक मानिन्छ । पूजाआजा, दानदक्षिणा र परोपकारी काम गर्न पनि यो दिन शुभ मानिन्छ ।
मंगलबार
मंगलबार खरो बार भएकोले यसबारमा शस्त्रर्बधन, संग्राम, कपट, युद्ध गर्न, सैन्य राख्न, सुवर्ण, धातु, मूगा, रक्तश्राव कार्य गर्न शुभ मानिन्छ । घरजग्गा किनबेच र मुद्दा मामिला मिलाउन यो दिन शुभ मानिन्छ ।
बुधबार
यसबारमा चातुर्य, दक्षता, पुण्य गर्नु, अध्ययन गर्नु, कला, विद्या, शास्त्रसेवा गर्ने, चिन्तनमनन् गर्न, चित्रलेखन गर्न, वास्तुकला, धातुकार्य गर्नु, नोकरी गर्नु र वादविवाद गर्न शुभ मानिन्छ । बुधवार शेयर कारोबार गर्न र व्यवसाय सुरुवात गर्न शुभ मानिन्छ ।
विहिबार
धार्मिक कार्य गर्न, नवग्रह पूजा गर्न, यज्ञ गर्न, अध्ययन गर्न, अध्यापन गर्न, ज्ञानगुण गर्न, मन्त्रजप तप गर्न, नयाँ वस्तुको अभ्यास गर्न, वस्त्रधारण गर्न, मांगलिक कार्य गर्न, यात्रारम्भ गर्न, औषधी निर्माण, आभूषण धारण गर्न र सुन किनबेच गर्न यो बार शुभ मानिन्छ ।
शुक्रबार
यसबारमा गायन, नृत्य, मणि, रत्न, हीरा, सुगन्ध, वस्त्र, उत्साह, अलंकार, वाणिज्य, व्यापार, गाईवस्तु किनबेच, द्रव्य भण्डार र सञ्चय गर्न तथा कृषि कार्य गर्न शुभ मानिन्छ । कलाकारिता क्षेत्र र प्रतिभा देखाउन यसबार धेरै राम्रो त्यसैले शुक्रवारको दिनमा चलचित्रहरु प्रकाशन गरिन्छ ।
शनिबार
शनिबार क्रुर बार भएकोले चोरी गर्नु, कपट गर्न, छलगर्न, आँकग्रहण गर्नु, गृहप्रवेश, स्थिरकार्य, नोकरी गर्नु, फलाम, तरबार, आदिको कार्य गर्नु शुभ मानिन्छ ।
नोटः बार अनुसारले शुभ भएतापनि राशी अनुसारले दिन जुरेको छ / छैन ज्योतिषहरुसँग अवश्य परामर्श लिनुहोला ।
Aug. 18, 2021
Aug. 2, 2021
May 29, 2021
May 26, 2021
Aug. 11, 2021
Feb. 23, 2021
Feb. 28, 2021
Feb. 9, 2021
March 9, 2021
May 21, 2021
March 26, 2021