सूर्यसँग कुनै पनि ग्रह बस्दा, सूर्यको प्रकाशले अरु ग्रहहरुको बल र शक्ति न्यून गराउँछ र यसलाई ज्योतिषीय भाषामा अस्त भनिन्छ । सूर्यसँग बसेका सबै ग्रहहरु अस्त भएतापनि हामी बृहस्पति र शुुक्र अस्तको बारेमा धेरै सुन्ने गरेका छौं । बृहस्पति देव गुरु हुन भने शुक्र अर्थात् शुक्राचार्य दैत्य गुरु हुन् । त्यसैले देव गुरू र दैत्य गुरु अस्त हुँदा कुनै पनि कार्यहरु गर्न शुभ मानिदैन । यस बेला गरेको कार्यहरुको फल नपाउने र गरेको कामहरु पूर्ण नहुने हुन्छ । उदाहरणको लागि गुरुको अनउपस्थितिमा विद्यार्थीहरु विद्यालय गए जस्तै हो । नयाँ पाठ र मार्गदर्शनको लागि उनीहरुलाई गुरुको उपस्थिति जरुरी हुन्छ । त्यस्तै ज्योतिषमा गुरु अस्त हुँदा नित्य कर्म, नित्य पूजा इत्यादि गर्न मिल्छ तर नयाँ काम वा नयाँ सुरुवात गर्न भने मिल्दैन ।
बृहस्पति÷ शुक्र अस्त हुँदा गर्न नहुने कामहरु?
गुरू शुक्र अस्तमा विवाह, व्रतबन्ध, पुराण–श्रवण, लघुपाठ, शतचण्डी, गृहारम्भ, नयाँ गृहप्रवेश, कान छेड्ने, भातख्वाई, छेवर, तीर्थयात्रा, मूर्तिप्रतिष्ठा, देवालय निर्माणारम्भ, मन्त्रग्रहण, इत्यादि वर्जित हुन्छन् । मासिक तथा वार्षिक नित्यकार्य (ग्रह जप, रुद्री, देवीपूजन, चण्डीपाठ, सत्यनारायण पूजा, साधारण हवन) गर्नमा कुनै बाधा छैन ।  
 
										March 19, 2025
										Jan. 25, 2025
										Aug. 18, 2021
										Aug. 2, 2021
										May 29, 2021
										May 26, 2021
										Aug. 11, 2021
										Feb. 27, 2021
										Feb. 23, 2021
										Feb. 9, 2021
										March 9, 2021
										May 21, 2021
										March 26, 2021