Call Us Today +447450274504

श्रीमद्भगवद गीता (सप्ताह) महापुराण

  • Home     >    
  • Puja Services    >    
  • श्रीमद्भगवद गीता (सप्ताह) महापुराण
Logo of श्रीमद्भगवद गीता (सप्ताह) महापुराण

श्रीमद्भगवद गीता (सप्ताह) महापुराण

श्रीमद्भगवद गीता (सप्ताह) महापुराण पूजा किन र कहिले गर्ने ?

१७ पुराण, महाभारत, रामायण तथा उपनिषद्को समस्त ज्ञान समेटिएकोले ज्ञान प्राप्तिको लागि लगाइन्छ । त्यसतै पितृ मुक्तिहेतु वार्षिक कार्यमा लगाउने गरिन्छ ।
 

सप्ताहको लागी आवश्यक पर्ने सामानहरु

केशर २, अविर ४, सिन्दुर १, श्रीखण्ड १, रातो सस्र्यूँ, सर्वोषधी, पञ्चपल्लव ६, पञ्चरत्न ३, काँचो धागो २, धुप (गोकुलधुप, सिन्केधुप, मूठेधूप ) रेखिको पीठो, कुश, सानो चमरपङ्खा १ जोर, सानो चमरपङ्खा १ जोर, कालो तिल २ किलो, कपुर २ बट्टा, पञ्चरङ्गी धागो १,  सुपारी २ पाउ, ऐना १, जनै ५० जोर, जौ १ किलो चढाउन, गरुडध्वजा १ थान, सेतो चिराफारा वस्त्र ५ मिटर, रातो चिराफारा वस्त्र ३ मिटर, सेतो नैनसूत २ मिटर, पीताम्बर १ मिटर, सेतो कपडा २ मिटर, रातो कपडा २ मिटर, पहेलों कपडा २ मिटर, कालो र हरियो कपडा २ २ मिटर, गउन १ १ मिटरको ३ थान, ग्रहको लागी धोती छाता जुत्ता, मातृकाको लागि धोती चोलो जुत्ता सहितको सौभाग्य १ सेट,  लक्ष्मीको लागि धोती चोलो जुत्ता सहितको सौभाग्य ३ सेट,  नारायणको लागि धोती उपर्ना, जुत्ता २ सेट ।
तामाको घडा (गाग्री) १ अंखरे घडा १ तामाको थाली गाग्री  अनुसारको ।
 तामाको कर्मपात्र १, रुद्री गर्ने जलधारा १, त्रिखुट्टी १, शंङ्खत्रिकुटी १, रुद्री गर्ने बाटा १, तामाको दियो ठूलो १, सानो १, अर्घ त्रिखुट्टी १ सेट, शंङ्ख त्रिकुटी १ सेट, पञ्चपाला, आचमनी, पञ्चपात्र १ सेट ।
सुनको लक्ष्मीनारायणको मूर्ति काटेको प्रतिमा १ ।
भागवत पुस्तक १, रुद्रिको पुस्तक १, भगवत्गीताको पुस्तक १ । भागवत पुस्तक राख्ने खटिया घर्रा सहितको २ थान ।
 भागवत दान गर्दा राख्ने चाँदीको सिंहासन १ मसी दानी १ सुनको कलम १ थान । 
पानमसला ४ भाग , नरिवल ३, जटा नरिवल २, काठको सानो पिर्का ।
 प्रत्येक दिन व्रत बस्ने व्रतालु सबैले सधैँ चढाउन पर्ने, नरिवल ९, बेलदाना ९, फलफूल ९, सौभाग्य ९, पान ९, मसला ९, कपडा, नैवेद्य ९ ।
अपुङ्गो ९ दिन पुग्ने, ब्राह्मण वरणको लागी ब्राह्मण सङ्ख्या अनुसार सबैलाई धोती, गन्जी, भेष्ट, रुमाल, टोपी, आंैठी, पञ्चपात्र आचमनी, चकटी, कुशासन, जपमाला आदि र बिदाइको दिन आफ्नो इच्छा अनुसार लगाउने कपडा जुत्ता मोजा ।

लाख बत्ती बाल्ने भएमा

तामाको थाली कलश ३, प्रतिमा ३, सौभाग्य ३, पानमसला ३ भाग, स्नको बत्ती, चाँदीको दियो, सवालाख बत्ती राख्ने पाला ५, ऊखु ।

व्रत उद्यापन गरेमा

व्रत सङ्ख्या अनुसार जति व्रत हो सोही सङ्ख्यामा थाली कलश प्रतिमा सौभाग्य पान, मसला, कपडा, पूर्णपात्र, गोदान ।

दम्पती पूजाको लागी
शैय्याको सबै सामान १ सेट, ब्राह्मण ब्राह्मणीको लुगा, शृङ्गार सामान, सौभाग्य, गहन, औंठी, भान्छाको सामान, पूजा कोठाको सामान, स्नानगारका सामानादि ।

खोज्नुपर्ने र बनाउनुपर्ने सामान

मालपुवा, अपुङ्गो, प्री, पञ्चगव्य, पञ्चामृत, आँप, चाँप, पीपलको पात, बाबियाको डोरी, फूल, दूबो, तुलसीपत्र, बेलपत्र, मण्डप सिंगार्ने सामान, चामलको पिठो, होमको लागि दाउरा, गाईको घिउ चार माना, होमको लागि चरु २ पाथी, (लाखबत्ती पनि भए सात पाथी) मह १ चौथाइ, चँदुवा ठूलो १, ग्रह र वास्तुको लागि चँदुवा ठूलो, ग्रह र वास्तुको लागि चँदुवा ठूलो, ग्रह र वास्तको लागि चँदुवा २।२ फिटको २ , लाजा प्रशस्त इत्यादि ।

नवाह पुराणमा भए
सप्ताह जसे सामान र भागवतको पुस्तक, देवीको चित्र लेखिएको ध्वजा । 

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja