Call Us Today +447450274504

अन्नप्राशन पूजा

  • Home     >    
  • Puja Services    >    
  • अन्नप्राशन पूजा
Logo of अन्नप्राशन पूजा

अन्नप्राशन पूजा

अन्नप्राशन किन र कहिले गर्ने ?

अन्नप्राशन दुई शब्दले बनेको छ । अन्न ”भात” र प्राशन ”खुवाउने” हो । पूजा गरेको दिनबाट बच्चाले ठोस कुरा खान सुरु गर्ने र अन्नप्राशन जन्मेको ५–८ महिना सम्म गर्ने गरिन्छ । छोरीको लागि बिजोडी महिना र छोराको लागि जोडी महिनामा गर्ने गरिन्छ ।

 सामाग्रीहरु

  •  जातकलाई राम्रो लुगा सेट, टोपी, जुत्ता, मुन्द्रा वा टप, खुट्टामा कल्ली, हातमा बाला, सिक्री, लुगाफाटा र गहनाहरु । 
  •  केशरी, अबिर, सिन्दुर, जौ तिल , पञ्चपल्लव, पञ्चरत्न, सर्वाेषधी, सिंगो सुपारी, जनै, धान टपरी, चामल, पूर्णपात्र, रातो, सेतो, पहेंलो कपडा आधा आधा मिटर, गोकुल धूप, रातो सस्र्यंू, पञ्चामृत ।  षष्ठी पूजाको निमित्त दही चिउरा, नरिवल ।
  •    जातकलाई खुवाउन – चौरासी व्यञ्जन, मह, आदि ।
  •   खुवाउने वस्तु – भद्राइको टाउको, वा सुनको  प्रतिमा वा चाँदीको चम्चा जुन उपयुक्त हुन्छ ।
  •  आसन, धान, भद्रासन, रातो कपडा, रेखिको पिठो, कुश । 

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja