Call Us Today +447450274504

व्रतबन्ध

Logo of व्रतबन्ध

व्रतबन्ध

सामाग्रीहरु

कुनै पनि हवनको निमित्त आवश्यक – अबिर, केशरी, सिन्दुर, जौ, तिल, धूप, कपूर, बत्ती, तिलको तेल, काँचो धागो, चरु (जौ तिल चामल घ्यू फलफूल आदि मिश्रित), घ्यू, दाउरा, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी १५ गोटा, जनै ५ जोर, धान ५ भाग टपरीमा, चामल ७ भाग टपरीमा, पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), रातो सेतो वस्त्र आधा आधा मिटर, सर्स्यूं, कलशलाई माटाको घैंटा, ईटा, माटो, गोबर, रक्षाबन्धन, धागो आदि ।

नैवेद्यमा – मिष्ठान्न, पक्वान्न, फलफूलहरु आदि ।


पूजा भाँडामा – पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र, पूजा थाली ।

पञ्चामृत – दूध, दही, घ्यू, मह, चिनी ।
फूलहरु, दुबो, आँप, चाँप र पिपलको पात ।

पञ्चगव्य – गहुँत, गोबर, दुध, दही, घ्यू ।
पान मसला र घृतछाँयाको निमित्त काँसको कचौरा, सुवर्ण प्रतिमा ।

पूर्वाङ्गको निमित्त –
बुकुवा – हलेदो, सर्स्यंू, मेथी तोरी, दही ।

भार – दहीठेकी, पेरुङ्गो, ऊखु ४, जनै, सुपारी, सेल कसार, पहेंलो वस्त्र, माछा सिद्रा, पालुङ्गो ।

गणेश बटार्ने – कसारको पिठो, नाङ्लो, पीतवस्र, पकाएको खुदो, पञ्चपल्लव, पञ्चरत्न, जनै ४, सुपारी २ आदि ।

कलश – तामाकलश, पञ्चरङ्गी रेशमीपट्टी, गङ्गाजल, मासको छाँटा, जनै, सुपारी, पञ्चपल्लव ।

बिस्कुन सुकाउने – सगुन २ भाग, पीतवस्र, जनै, सुपारी, दही, अक्षता, दक्षिणा, वस्त्र आदि । 

चोखीमाटी खन्ने – सुनको कोदालो, कन्या २ र कन्यालाई वस्त्र ।

यज्ञ – लिङ्गो ५, केराथाम ५, पैय्यूँपात, तोरण, पञ्चपल्लव, काँचो धागो, खन्ती, ईँट, माटो, गोबर, पानी, कसार, चिउरा, सेल, दनेउरा, बाबियोको डोरी, आँप, चाँप, पिपलको पात, चँदुवा आदि ।

मातृकापूजा सामाग्री – पिर्का, गोबर, दूबो, पहेलो कपडा, धोती, चोलो जुत्ता, छाता, चुरा, धागो, सौभाग्य श्रृङ्गारका सामानहरु आदि ।
वस्त्र छेक्ने – छीट धोती, धान १ पाथी, चामल १ टपरी, दियो, बत्ती, दमाई ।

जूटिकाबन्धन – पूजासामाग्री,  गोरोचन, सर्स्यूं, पहेंलो कपडा, हलेदो, गोबर, काँसको थाल, तीन ठाउँमा सेतो भएको दुम्सीकाडा, दही अक्षता, दूबो, कुमकुम, आदि ।

ग्रहशान्तिको निमित्त – धान १ टपरी, सेतो वस्त्र, सुनको प्रतिमा, जटानरिवल, छाता, जुत्ता, लठ्ठी, धोती, टोपरेलको चोलोको कपडा, जनै ९, सुपारी ९ आदि ।

चूडाकर्म निमित्त – पूजासामाग्री, हवन सामाग्री, सुनको छुरा, काँसको कचौरा, पलास समिधा, घिउ (नौनी), गङ्गाजल, मासको छाटा, फूलमाला, जनै सुपारी, पञ्चपल्लव, दुबो, आदि ।

उपनयन – मूजको कन्धनी, पाटको लगौटी, (क्षत्रीयको लागि धनुषवाण), पहेंलो मेखला, कुमार बराबर पलाशको दण्ड, (क्षत्रिय भए बेलको दण्ड), सुनथैलो झोला, कृष्णसार मृगचर्म, काँसको कचौरा ८, जनै ८, सुपारी ८, कन्याले कातेको जनै, भिक्षापात्र, भीखको चामल (आमा र मावली तर्फ हजुरआमाको लागि अलग अलग ३ पाथी ३ माना ३ मुठी), नरिवल, फलफूलहरु, सिप्लीकानको प्रणिता प्रोक्षणी ४ जोडी, खयरको सूरो, आज्याथाली, घिउ, पलाश समिधा, आसनी २, पञ्चपात्र २, आचमनी २, गुरुलाई वस्त्र, दोसल्ला, गुरुभेटी, आदि ।

वेदारम्भ – पूजासामाग्री, वेदको पुस्तक, आदि ।

समावर्तन – तामाको कलश ८, धान टपरी ८, सहस्रधारा चाल्नो, पीर्का, वटुकलाई फेर्न धोती रुमाल लग्नको भोटो, लाउने कपडाहरु, जुत्ता, मोजा, छाता, चड्ने सवारी, गहना, बाजा, अत्तर, ऐना, फूलमाला, दुबोको माला, मातृभेटी, पितालाई भेटी, गुरुभेटी, देवता भेटी, आदि ।

अष्टकुम्भ बुटी – अस्वस्थ, रक्त अपामार्ग, केसरा, बट, दुर्बा, कुश, कङ्कोल, उदुम्बर, इन्द्रबल्ली, सहदेवी, जटामसी, प्लक्ष, विष्णुकान्ता, मुसली, पनस, तुलसी, मुस्ता, चम्पक, बचा (बोझो),  काँस, तेजपत्र, आम्र, शङ्खपुष्पी, जाती, उसीर, अशोक, समी ।

नवग्रह समिधा – सूर्यलाई–आँक, सोमको लागि–पलाँस, भौमकोे लागि–खयर, बुधको लागि–अपामार्ग, बृहस्पतिको लागि–पीपल, शुक्रको लागि–डुम्री, शनिश्चरको लागि–समी, राहुको लागि–दूबो, केतुको लागि–कुश । 

संक्षेपमा
पहेंलो रातो सेतो कपडा ४ मिटर, जनै ५० जोर, सुपारी १ पाउ, केसरी १ बट्टा, सिन्दुर १ बट्टा, अबिर २ बट्टा, जौ २ किलो, तिल आधा किलो, धूप, बत्ती, काँचो धागो ज्ञ लछ्छी,  रायो, सर्स्यूं, पञ्चपल्लव १०, पञ्चरत्न ५ पुरिया, सर्वोषधी, माटाको घैटो ६ घडाको लागि, ब्राह्मणहरुलाई धोती, टोपी, गन्जी, भेष्ट, रुमाल आदि टपरी ५० गोटा, चारकुने ५० गोटा, बोहोता १५० गोटा । नैवेद्यमा – मिठाई, फलफूलहरु, पान, मसला, आदि । घृतछाँयाको लागि काँसको कचौरा १, सुनको प्रतिमा, तिलको तेल १ लिटर, अन्य कार्यको लागि काँसको कचौरा १५ गोटा। 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja