Call Us Today +977-9841492069

जन्मोत्सव (अष्टचिरञ्जीवी) पूजा

  • Home     >    
  • Puja Services    >    
  • जन्मोत्सव (अष्टचिरञ्जीवी) पूजा
Logo of जन्मोत्सव (अष्टचिरञ्जीवी) पूजा

जन्मोत्सव (अष्टचिरञ्जीवी) पूजा

जन्मोत्सव (अष्टचिरञ्जीवी) पूजा किन र कहिले गर्ने ?

  • अष्टचिरञ्जीवीहरुमा अवश्त्थामा, असुर राजा महाबली, वेद व्यास, हनुमान, विभीषण, गुरु कृपाचार्य, भगवान विष्णुको छैंटौं अवतार परशुराम र महाऋषी मार्कण्डय को पूजा गर्ने गरिन्छ । आयु र आरोग्य वृद्धिको साथै जन्मोत्सव पूजाले आउने अवरोध हटाएर समृद्घ वर्षका लागि प्रेम र खुशी वृद्धिको लागि लगाइन्छ ।  यो पूजा आफ्नो जन्मतिथिमा लगाउने गरिन्छ ।

 

सामाग्रीहरु
केशरी, अबिर, सिन्दुर, जौ तिल , धूप, कपूर बत्ती, तिलको तेल, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी १५  गोटा, जनै १० जोर, धान १ भाग टपरीमा, चामल ३ भाग टपरीमा, पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), रातो, सेतो, पहेंलो वस्त्र आधा आधा मिटर, गोकुल धूप, सर्स्यूं, कुम्कुम् धूप, गोलोचन, पञ्चामृत, नीमकोपात, फूल, दूबो, नरिवल, फलफूल, मिष्ठान्न, पक्वान्न, पान मसला, दही, च्यूरा, सौभाग्य, काँचो धागो, रेखिको पीठो कुश ।
पूजा भाँडामा–  
पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र, तामाको कलश सानो १ ठूलो १ पूजाको लागि पञ्चपाला, तामाको थाली, शङ्ख, घण्ट आदि ।
 

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja