Call Us Today +447450274504

ग्रह शान्ति पूजा

  • Home     >    
  • Puja Services    >    
  • ग्रह शान्ति पूजा
Logo of ग्रह शान्ति पूजा

ग्रह शान्ति पूजा

ग्रह शान्ति किन र कहिले गर्ने ?

  • कुनै पनि ग्रहले नकरात्मक र सकरात्मक दुवै प्रभाव पार्छ । नकरात्मक असर हुदाँ, ग्रहको प्रभाव कम गर्न र सकरात्मक उर्जाको वृद्धिको लागि शान्ति पाठ गर्ने गरिन्छ । प्रभाव कम गर्नु भनेको उपाय गर्नु हो । हामीले पानी पर्दा र घाम लाग्दा छाता ओढ्ने गर्छौ, यो घामपानीबाट बच्ने उपाय हो । ग्रह शान्तिले पनि ग्रहहरुलाई छहारी को काम गर्छ । ग्रहशान्ति ग्रहको अवस्था हेरेर मलमास, ग्रहहरु अस्त नहुदाँ दिन जुराएर गर्न सकिन्छ । 
     

सामाग्रीहरु

हवनको निमित्त 

केशरी, अबिर, सिन्दूर, जौ, तिल, धूप, कपूर,बत्ती,तिलको तेल, काँचो धागो,चरु (जौ तिल चामल घ्यू फलफूल आदि मिश्रित) घ्यू, दाउरा, पञ्चपल्लव,पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी १५, जनै ५ जोर, धान ५ भाग (टपरीमा), चामल ७ भाग (टपरीमा) , पूर्णपात्र १ (टपरीमा), वस्त्र रातो सेतो आधा आधा मिटर ,सस्र्यू, कलशलाई माटाको ५ घैटा, इटा, माटो,गोबर, कुश 
रङ्गहरु – रातो,पहेंलो,हरियो,नीलो,कालो,ध्वासे, रेखिको पीठो
नैवेद्म – पक्वान्न,मिष्ठान्न,फलफूल 
पूजा भाँडामा – पन्चपात्र आचमनी , अध्र्य, कर्मपात्र, पुजा      थाली 
पञ्चामृतमा – दूध, दही, ध्यू, मह, चिनी ।
आँप, चाँप, पिपलको पात, दूबो, फूलहरु
पञ्चगव्य – गहूँत,गोबर,दूध,दही, ध्यू ।  

–> पान ,मसला

घृतच्छायाको निमित्त काँसको कचौरा ध्यू,सुवर्ण प्रतिमा ।


(दुलाहा तर्फमात्र आवश्यक) 
धान १ टपरी, सेतो वस्त्र, सूनको प्रतिमा, जटानरिवल, छाता, जुत्ता, लाठ्ठी, धोती, टोपरेलको चोलोको कपडा,सुपारी ९, जनै ९ ।
नवग्रह समिधा—
सूर्यलाई : आँक, सोमको लागिः पलाँस, भौमको लागिः खयर, बुधको लागिः अपामार्ग, बृहस्पतिको लागिः पीपल, शुक्रको लागिः डुम्री, शनिश्चरको लागिः समी राहुको लागिः दूबो, केतुको लागिः कुश, रक्षावन्धन धागो ।

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja