Kathmandu, Nepal
Call Us Today +977-9841492069
लक्ष्यवर्तिका (लाखबत्ती) पूजा किन र कहिले गर्ने ?
लाखबत्तीले शरीर शुद्धि एवं पाप प्रायश्चितको लागि गर्ने गरिन्छ । लाख प्राय पुराणको साङ्गेमा बाल्ने गरिन्छ । अरुबेला भने अग्नि हवन रुद्रि जुरेको दिन पनि बाल्न सकिन्छ ।
सामाग्रीहरु
केशरी, अबिर, सिन्दुर, जौ, तिल, धूप, कपूर, बत्ती, तिलको तेल ७ लिटर, काँचो धागो वा डोरो, चरु (जौ तिल चामल घ्यू, दाउरा प्रशस्त, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी २५, जनै जोर, धान ५ भाग टपरीमा, चामल १० भाग टपरीमा, पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), रातो सेतो वस्त्र आधा आधा मिटर, रातो सर्स्यूं, कलशलाई माटाको घैटा पाँच, नैवेद्यमा (पक्वान्न, मिष्ठान्न, फलफूलहरु), पूजा भाँडामा (पञ्चपात्र आचमनी, अघ्र्य, कर्मपात्र, पूजा थाली), पञ्चामृत (दूध, दही, घ्यु, मह, चिनी), फूलहरु, दूबो, आँप, चाँप र पिपलको पात, पञ्चगव्य (गहँुत, गोबर, दूध, दहि, घिउ), पान, मसला, घृतछायालाई काँसको कचौरा, सुवर्ण प्रतिमा, प्रत्येक ब्राह्मणलाई वरणमा (धोती, रुमाल, गन्जी), प्रधान देवी या देवतालाई (वस्त्र, देवीको भए सौभाग्य, माला), तामाको कलश ३, थाली ३, ब्रह्मालाई वस्त्र, विष्णुलाई वस्त्र, महेश्वरलाई वस्त्र, सावित्रीलाई (धोती, चोलो, सौभाग्य), लक्ष्मीलाई (धोती, चोलो, सौभाग्य), पार्वतीलाई (धोती, चोलो, सौभाग्य), चाँदीको दियो, सुनको बत्ती, पाला ५, बत्ती सवालाख, हवनको सरजाम, चरु, दाउरा प्रशस्त, उखु, रेखिको पिठो, कुश, रक्षाबन्धन धागो ।
पूजा भाँडामा
कलश ५, पञ्चपात्र आचमनी, अघ्र्य, कर्मपात्र, पूजा थाली, शङ्ख, घण्ट, आरती र पञ्चवर्ती आदि ।
साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी