Call Us Today +447450274504

विवाह

Logo of विवाह

विवाह

कुनै पनि हवनको निमित्त आवश्यक – अबिर, केशरी, सिन्दुर, जौ, तिल, धूप, कपूर, बत्ती, तिलको तेल, काँचो धागो, चरु (जौ तिल चामल घ्यु फलफूल आदि मिश्रित), घ्यू, दाउरा, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी १५ गोटा, जनै ५ जोर, धान ५ भाग टपरीमा, चामल ७ भाग टपरीमा, पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), रातो सेतो वस्त्र आधा मिटर, सर्स्यूं, कलशलाई माटाको घैंटा, ईटा, माटो, गोबर, रक्षाबन्धन, धागो आदि ।
नैवेद्यमा – मिष्ठान्न, पक्वान्न, फलफूलहरु आदि ।
पूजा भाँडामा – पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र, पूजा थाली ।
पञ्चामृत – दूध, दही, घ्यु, मह, चिनी ।
फूलहरु, दुबो, आँप, चाँप र पिपलको पात ।
पञ्चगव्य – गहँुत, गोबर, दुध, दही, घ्यू ।
पान मसला र घृतछाँयाको निमित्त काँसको कचौरा, सुवर्ण प्रतिमा ।

पूर्वाङ्गको निमित्त –
बुकुवा – हलेदो, सर्स्यूं, मेथी तोरी, दही ।
भार – दहीठेकी, पेरुङ्गो, ऊखू ४, जनै, सुपारी, सेल कसार, पहेंलो वस्त्र, माछा सिद्रा, पालुङ्गो ।
गणेश बटार्ने – कसारको पिठो, नाङ्लो, पीतवस्र, पकाएको खुदो, पञ्चपल्लव, पञ्चरत्न, जनै ४, सुपारी ४ आदि ।
कलश – तामाकलश वा चाँदीको कलश पञ्चरङ्गी रेशमीपट्टी, गङ्गाजल, मासको छाँटा, जनै, सुपारी, पञ्चपल्लव ।
बिस्कुन सुकाउने – सगुन २ भाग, पीतवस्र, जनै, सुपारी, दही, सुपारी, दही, अक्षता, दक्षिणा, वस्त्र आदि । 
चोखीमाटी खन्ने – सुनको कोदालो, कन्या २ र कन्यालाई वस्त्र ।
यज्ञ – लिङ्गो ५, केराथाम ५, पैय्यूँपात, तोरण, पञ्चपल्लव, काँचो धागो, खन्ती, ईँट, माटो, गोबर, पानी, कसार, चिउरा, सेल, दनेउरा, बाबियोको डोरी, आँप, चाँप, पिपलको पात, चँदुवा आदि ।
मातृकापूजा सामाग्री – पिर्का, गोबर, दूबो, पहेलो कपडा, धोती, चोलो जुत्ता, छाता, चुरा, धागो, सौभाग्य श्रृङ्गारका सामानहरु आदि ।
वस्त्र छेक्ने – छीट धोती, धान १ पाथी, चामल १ टपरी, दियो, बत्ती, दमाई ।
स्वयम्वरमा निमन्त्रणा पठाउन (दुलहीतर्फ आवश्यक) निमन्त्रणा कार्ड, जनै २, सुपारी २, पान २, नरिवल २, मिस्रीको चाका २, (सबै सिंगारिएको) दही २ कहतारो, पालुङ्गो, टोपी, पकेट रुमाल, अत्तर, दही अक्षताको लागि टिका, दूबो र फूलको माला, लावा, दक्षिणा आदि ।

स्वयम्वरको निमित्त – (दुलही तर्फ आवश्यक) चारटपरी चामल, पूजासार्जम, वस्त्र, जनै, सुनको प्रतिमा १, दूबोको माला २, फूलकोे माला २, दही अक्षता, फलफूलहरु, सगुनका सामान आदि ।
आभ्युदयिक श्राद्धलाई – १ भाग चामल दियोलाई, ६ बोहोतामा चामल, ७ भाग सिधा, सुपारी ६ गोटा, जनै १२, वस्त्र, नैवेद्यहरु आदि ।

ग्रहशान्तिको निमित्त (दुलहा तर्फ आवश्यक) धान, सेतो वस्त्र, सुनको प्रतिमा, जटानरिवल, छाता, जुत्ता, लठ्ठी, धोती, टोपरेलको चोलोको कपडा, जनै ९, सुपारी ९ आदि ।

नवग्रह समिधा – सूर्यलाई–आँक, सोमको लागि–पलाँस, भौमकोे लागि–खयर, बुधको लागि–अपामार्ग, बृहस्पतिको लागि–पीपल, शुक्रको लागि–डुम्री, शनिश्चरको लागि–समी, राहुको लागि–दूबो, केतुको लागि–कुश । साइपाटाको सामाग्री सौभाग्य सहित ।

संक्षेपमा
पहेंलो रातो सेतो कपडा ४ मिटर, जनै ५० जोर, सुपारी १ पाउ, केसरी १ बट्टा, सिन्दुर १ बट्टा, अबिर २ बट्टा, जौ २ किलो, तिल आधा किलो, धूप, बत्ती, काँचो धागो ज्ञ लछ्छी,  रायो, सर्स्यूं, पञ्चपल्लव १०, पञ्चरत्न ५ पुरिया, सर्वोषधी, माटाको घैटो ६ घडाको लागि, ब्राह्मणहरुलाई धोती, टोपी, गन्जी, भेष्ट, रुमाल आदि टपरी ५० गोटा, चारकुने ५० गोटा, बोहोता १५० गोटा । नैवेद्यमा – मिठाई, फलफूलहरु, पान, मसला, आदि । घृतछाँयाको लागि काँसको कचौरा १, सुनको प्रतिमा, तिलको तेल १ लिटर, अन्य कार्यको लागि काँसको कचौरा १५ गोटा। दुलही तर्फलाई – जाईको फल, लावा, शङ्ख, जटा नरिवल, पिर्का, छाता, वरणोको ठहर, झारी, माला आदि रेखिको पिठो, कुश ।

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja