Call Us Today +977 9864240961

न्वारन पूजा

Logo of न्वारन पूजा

न्वारन पूजा

न्वारन किन र कहिले गर्ने ?
चन्द्रमाको आधारमा बच्चा जन्मेको दिनको नक्षत्र अनुसार गणित गरेर नाम जुराउने गरिन्छ । सो नाम बच्चा को न्वारन देखि मृत्युसम्म देव र पितृ कार्य सबैमा सोहि नाम प्रयोग गरिन्छ । बोलाउने नाम भने छुट्टै राख्न सकिन्छ । न्वारनको पूजा प्राय ११ औँ दिनमा गर्ने गरिन्छ । यदि जुठो परेको खण्डमा २१ औँ वा ४१ औँ दिनमा गर्ने चलन छ ।

सामाग्रीहरु

केशरी, अबिर, सिन्दुर, जौ, तिल, धूप, कपुर, बत्ती, तिलको तेल, काँचो धागो, चरु (जौ, तिल, चामल, घ्यू, फलफूल आदि मिश्रित), घ्यू, दाउरा, पञ्चपल्लव, पञ्चरत्न, सर्वोषधी, सिंगो सुपारी १५ गोटा, जनै जोर, धान ५ भाग (टपरीमा), चामल ७ भाग (टपरीमा), पूर्णपात्र १ भाग (बोहोता वा टपरीमा), वस्त्र रातो सेतो आधा आधा मिटर, सर्स्यूं कनिका, कलशलाई माटाको घैँटा पाँच, ईंटा, माटो, गोबर, नैवेद्ममा – (पक्वान्न, मिष्ठान्न, फलफूलहरु), 
पुजा भाँडामा – पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र पूजा थाली आदि ।
पञ्चामृत – दूध, दही, घ्यू, मह, चिनी । 
फूलहरु, दुबो, आँप चाँप पिपलको पात, नामाकरण (न्वारानलाई) भए भलाको टेउलो, नाम राख्ने चामल, वस्त्र, जनै २, सुपारी २, पान २, फल २, भेटी आदि पिपलको नयाँ राम्रा २ पात, सिधा १ भाग , पञ्चगव्य – (गहँत, गोबर, दुध, दही, घ्यू), पान मसला, घृतछायाको निमित्त काँसको कचौरा घ्यू, सुवर्ण प्रतिमा, रेखिको पीठो, कुश, रक्षावन्धन धागो ।
पूजाभाँडा – कर्मपत्र, अर्घ्य, त्रिकुटी, पञ्चपाला, पञ्चपात्र, आचमनी, कलश ५, घण्ट, शङ्ख, धुपौरो आरती भाँडो, पञ्चवर्ती, सुरो, आदि ।

 

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja