Call Us Today +447450274504

रुद्राभिषेक पूजा

  • Home     >    
  • Puja Services    >    
  • रुद्राभिषेक पूजा
Logo of रुद्राभिषेक पूजा

रुद्राभिषेक पूजा

रुद्राभिषेक पूजा किन र कहिले गर्ने ?

  • भगवान शिव जल तत्व हुन् । जलले शीतलतालाई जनाउँछ । शिवलाई प्रसन्न गर्न र मानसिक तापलाई नाश गरेर शान्तिको अनुभव गर्नको लागि रुद्रभिषेक पाठ गर्ने गरिन्छ । श्रावण महिना भगवान शिवको प्रिय महिना भएकोले प्राय पूजा लगाउने गरिन्छ र रुद्री जुरेको बेला लगाउन सकिन्छ ।

यो वर्ष रुद्री जुर्ने दिनहरुः

श्रावण १, ३, ६, ७, ८, १०, १२, १३, १४, १५, १७, २०, २१, २२, २६, २९, ३० र ३१ गते
भाद्र ३, ४, ५, ७, १०, ११, १२, १४, १७, १८, १९ र २० गते
असोज २२, २५, २६, २८ र ३१ गते
कार्तिक १, २, ४, ७, ८, ९, १०, १२, १५, १६, २३, २४, २५, २७ र ३० गते
मंसिर १, २, ४, ७, ८, ९, ११, १४, १५, १६, २०, २२, २३, २४, २६, र २९ गते
पुस १, २, ३, ५, ८, ९, १०, १२, १५ र १६ गते
माघ १, २, ४, ८, ९, ११, १४, १५, १६, २०, २३, २४, २५ र २७ गते
फाल्गुण १, २, ३ र ५ गते
चैत्र १४, १५, १६, २०, २३, २४, २५, २७ र ३० गते

सामाग्रीहरु

केशरी, अबिर, सिन्दुर, श्रीखण्ड १, रायो सर्स्यूं, , सर्वोषधी, पञ्चपल्लव, पञ्चरत्न, काँचो धागो १ लाछी, सिङ्गो सुपारी–१०, तिल, जौ, जनै–५जोर, धूप, बत्ती, कपुर, पान मसला, सेतो रातो वस्त्र, शिव वस्त्र धोती, गौरीलाई वस्त्र, अत्तर, गोबर, गोमूत्र, दूध, दही,ध्यू, मह, चिनी, मिष्ठान्न, पक्वान्न, फलफूलहरु, सिङ्गो नरिवल, फूलहरु, दूबो,बिल्वपत्र, धतुरो, समी, तुलसी पत्र, फूलमाला, ब्राह्मण वरण सामाग्री(धोती, टोपी, गन्जी आदिहरु) तीन टपरी चामल, एक टपरी धान, पूर्णपात्रलाई एक टपरी चामल, रेखिको पीठो, कुश, रक्षावन्धन धागो ।

पूजा भाँडामा
पञ्चपात्र आचमनी, अर्घ्य, कर्मपात्र,पूजा थाली शङ्ख, घण्ट, जलधारा, त्रिकुटी, आरती , पञ्चवर्ती आदि ।

साभारः आवश्यकीय विविध पूजासामाग्री सँगालो – मधुसूदन सुवेदी


Apply for Puja